दफा १५
ढुवानीपत्रमा उल्लिखित मालसामानको विवरणको प्रत्याभूति
: प्रेषक, निजको आधिकारिक एजेण्ट वा प्रतिनिधिले बहुविधिक ढुवानी सञ्चालनकर्तालाई मालसामान ढुवानीको लागि बुझाउँदा बहुविधिक ढुवानीपत्रमा उल्लिखित विवरण त्यसरी बुझाइएका मालसामानको विवरणको सम्बन्धमा सामान्य प्रत्याभूति दिएको मानिनेछ ।