नियम
तयारी लगतको प्रकाशन
भूमिसुधार टोलीले कुनै गाउ“ विकास समिति वा नगरपालिकाको कुनै एक वार्डको लगत अनुसूची–२ बमोजिमको ढाचा“मा तयार गरी सकेपछि सो लगत वार्डको यथासम्भव सबै व्यक्तिहरूलाई एकत्रित गरी सुनाउनु पर्दछ र त्यसको एक प्रति गाउ“ विकास समिति वा नगरपालिकाको कार्यालयमा बुझाई दिनु पर्दछ र एक प्रति भूमिसुधार अधिकारी छेउ पठाई दिनु पर्दछ ।
तर कुनै व्यक्तिको नियम ३ बमोजिम लगत लिन छुट हुन गै अनुसूची–२ बमोजिमको ढाचा“मा तैयार भएका लगत प्रकाशनमा नाम तथा जग्गा छुट हुन गएको देखिएमा पुन लगत लिई सो छुट लगत प्रकाशित गर्न सक्नेछ ।