नियम ८२
तामेलीमा राख्ने
यस नियमावलीमा अन्यत्र उल्लेख भएकोमा बाहेक देहायको अवस्थामा मुद्दा तामेलीमा राखी लगत कट्टा गरिनेछः-
(क)   नियम ५६ मा उल्लिखित अवस्था बाहेक रिट निवेदकले तारिख गुजारी थाम्ने थमाउने अवधि व्यतित भएमा,
(ख)   मुद्दा दोहोर्‍याई पाउँ भन्ने वा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन दिने निवेदकले तारिख गुजारी थाम्ने थमाउने अवधि व्यतित भएमा,
(ग)    नियम ६० को उपनियम (४) बमोजिम धरौटीमा रहेको पुनरावेदकले पुनरावेदन दर्ता नहुँदै तारिख गुजारी थाम्ने थमाउने अवधि व्यतित भएमा,
(घ)    अदालतबाट मुद्दा पुनरावलोकन गर्ने अनुमति, मुद्दा दोहोर्‍याई हेर्ने अनुमति वा पुनरावेदनको अनुमति प्रदान गर्ने गरी आदेश भएपछि सो निवेदन पुनरावेदनको रूपमा दर्ता नहुँदै निवेदकले म्याद तारिख गुजारी थाम्ने थमाउने अवधि व्यतित भएमा,
(ङ)    कुनै रिट निवेदनमा उल्लिखित ठेगानामा प्रत्यर्थीलाई म्याद सूचना तामेल गर्दा तामेल हुन नसकी वेपत्ते तामेल भई आएको र पक्षको सहयोगमा पुन म्याद सूचना तामेल गर्न पठाउँदा समेत वतन पत्ता नलागी सो म्याद सूचना फिर्ता हुन आएमा ।