नियम १४
तालीम समितिको बैठक सम्बन्धी कार्यविधि
(१) तालीम समितिको बैठक आवश्यकतानुसार बस्नेछ ।
(२) तालीम समितिको कुल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरु उपस्थित भएमा तालीम समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(३) तालीम समितिको बैठकको अध्यक्षता तालीम समितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरुले आफूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(४) तालीम समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन सक्नेछ ।
(५) तालीम समितिको निर्णय तालीम समितिको सदस्य–सचिवले प्रमाणित गरी राख्नेछ ।
(६) तालीम समितिको बैठक सम्बन्धी अन्य कार्यविधि तालीम समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।