नियम ११
दरखास्त आव्हान गर्ने
(१) छनौट समितिले छात्रवृत्तिमा छनौट गर्न योग्यताक्रम कायम गर्ने प्रयोजनको लागि कम्तीमा सात दिनको म्याद दिई राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशन गरी सम्बन्धित व्यक्तिहरुबाट दरखास्त आव्हान गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचनामा देहायका कुराहरु खुलाउनु पर्नेछः–
(क) परीक्षा दिएको विश्वविद्यालय वा शैक्षिक संस्था,
(ख) न्यूनतम शैक्षिक योग्यता,
(ग) नियम १०क. बमोजिम आरक्षण गरिएको छात्रवृत्तिको विवरण,
(घ) दरखास्त साथ पेश गर्नु पर्ने सिफारिस तथा अन्य कागजात सम्बन्धी विवरण,
(ङ) दरखास्तको ढाँचा र दरखास्त दिने स्थान,
(च) दरखास्त दस्तुर,
(छ) दरखास्त दिने माध्यम,
(ज) दरखास्त बुझाउन सकिने अन्तिम दिन र समय,
(झ) दरखास्त सम्बन्धी अन्य आवश्यक कुराहरु ।