दफा २३
दर्ता किताब राख्नु पर्ने
(१) नोटरी पब्लिकले लिखत प्रमाणीकरण र अनुवाद सम्बन्धी काम कारबाहीको अभिलेख राख्नको लागि छुट्टाछुट्टै दर्ता किताब राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको दर्ता किताबमा उल्लेख गर्नु पर्ने कुरा तोकिए बमोजिम हुनेछ ।
(३) नोटरी पब्लिकले उपदफा (१) बमोजिमको दर्ता किताबमध्ये लिखत प्रमाणीकरण सम्बन्धी दर्ता किताब त्यस्तो दर्ता किताबको अन्तिम पृष्ठ समाप्त भएको मितिबाट पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।