नियम १०४
दर्ता किताबको निरीक्षण
(१) रजिस्ट्रारको लिखित आदेश बेगर तथा दर्ता किताब राख्ने अधिकृतको रोहबर नभई न्यायाधीश, मुख्य रजिस्ट्रार वा सम्बन्धित रजिस्ट्रार वा सहरजिस्ट्रारबाहेक अरू कसैलाई पनि अदालतको कुनै दर्ता किताब निरीक्षण गर्न दिन हुँदैन ।
(२) अदालतको प्रशासनसँग सम्बन्धित गोप्य दर्ता किताब प्रधान न्यायाधीश र मुख्य रजिस्ट्रार बाहेक अरू कसैलाई पनि निरीक्षण गर्न दिनु हुँदैन ।