दफा १४
दर्ता किताबबाट नाम हटाउने र पुन दर्ता गर्ने
(१) देहायको अवस्थामा बाहेक दर्तावाल पशु
चिकित्सकको नाम दर्ता किताबबाट हटाइने छैन ः–
(क) मगज बिग्रेको,
(ख) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट सजाय पाएको,
(ग) साहुको ऋण तिर्न नसकी दामासाहीमा परेको,
(घ) आचार संहिता पालन नगरेको भनी परिषद्को दुई तिहाई बहुमतले
प्रस्ताव पारित गरेको ।
(२) उपदफा (१) को खण्ड (क), (ग) र (घ) बमोजिमको अवस्था परी दर्ता किताबबाट
नाम हटाइएको पशु चिकित्सकले मनासिब माफिकको कारण देखाई पुन नाम दर्ता गराउन
दरखास्त दिएमा र परिषद्ले निजको नाम पुन दर्ता गर्न मनासिब देखेमा परिषद्को दुई तिहाई
बहुमतको निर्णयबाट नाम दर्ता गर्ने आदेश दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम आदेश भएमा रजिष्ट्रारले तोकिए बमोजिमको दस्तुर लिई
त्यस्तो पशु चिकित्सकको नाम दर्ता किताबमा पुन दर्ता गरी प्रमाणपत्र दिनु पर्नेछ ।