दफा २२
दर्ताको प्रमाणपत्रको नक्कल दिन सकिने
(१) दफा २० बमोजिम -प्रदान गरिएको दर्ताको प्रमाणपत्र हराएमा वा कुनै प्रकारले नष्ट भएमा वा प्रयोगमा आउन नसक्ने कुरा प्रमाणित भएमा सरोकारवाला व्यक्तिले सम्बन्धित स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा निवेदन दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम परेको निवेदनको व्यहोरा मनासिब देखेमा सम्बन्धित स्थानीय पञ्जिकाधिकारीले तोकिएको दस्तुर लिई दर्ताको प्रमाणपत्रको नक्कल दिनेछ।