दफा ४३
दर्ताको प्रमाणपत्रको प्रतिलिपि दिने
(१) दर्ताको प्रमाणपत्र हराएमा, च्यातिएमा, झुत्रो भई नबुझिने भएमा वा अन्य कुनै कारणबाट नासिएमा सो भए गरेको मितिले पन्ध्र दिनभित्र सवारी धनीले अधिकार प्राप्त अधिकारी समक्ष तोकिएको ढाँचामा तोकिएको दस्तुर संलग्न राखी दरखास्त दिनु पर्छ ।
(२) उपदफा (१) बमोजिम परेको दरखास्त उपर आवश्यक छानबिन गर्दा ब्यहोरा ठीक देखेमा अधिकार प्राप्त अधिकारीले सवारी धनीलाई त्यस्तो दर्ताको प्रमाणपत्रको प्रतिलिपि दिनु पर्छ ।
(३) उपदफा (२) बमोजिम दर्ताको प्रमाणपत्रको प्रतिलिपि जारी गरेको सूचना अधिकार प्राप्त अधिकारीले सम्बन्धित प्रहरी कार्यालयलाई दिनेछ ।