दफा ३१
दाबी भुक्तानी प्रक्रिया
: (१) कुनै सुरक्षित सदस्य संस्थाको वित्तीय लिक्विडेशन, लिक्विडेशन वा खारेज गर्न प्रचलित कानून बमोजिम प्रक्रिया शुरू भएको लिखित सूचना नेपाल राष्ट्र बैङ्कबाट प्राप्त भएमा सोको सात दिनभित्र कोषले सुरक्षित सदस्य संस्थामा रहेको निक्षेपकर्ताको निक्षेप सम्बन्धी विवरण तोकिएको ढाँचामा उपलब्ध गराउन सम्बन्धित लिक्विडेटरलाई लेखी पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लेखी आएमा सम्बन्धित लिक्विडेटरले दश दिनभित्र वित्तीय लिक्विडेशन, लिक्विडेशन वा खारेजीको प्रक्रियामा रहेको सुरक्षित सदस्य संस्थामा रहेको निक्षेप र निक्षेपकर्ताको विवरण कोषलाई उपलव्ध गराउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम विवरण प्राप्त भएपछि कोषले उक्त विवरणको आवश्यक छानबिन गरी कोषमा सुरक्षण भएको रकम सम्बन्धित निक्षेपकर्तालाई दाबी भुक्तानी दिन तीस दिनभित्र तोकिए बमोजिमका सुरक्षित सदस्य संस्थाहरू मध्येबाट एजेन्ट छनौट गर्नेछ ।
(४) उपदफा (३) बमोजिम एजेन्ट छनौट भएपछि त्यस्तो संस्था मार्फत सम्बन्धित निक्षेपकर्तालाई तोकिए बमोजिमका प्रमाण लिई दाबी भुक्तानी लिन आउन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम एजेन्टको रुपमा छनौट भएको सुरक्षित सदस्य संस्थाले उपदफा (२) मा उल्लिखित विवरणको आधारमा सम्बन्धित निक्षेपकर्ता वा निजको प्रचलित कानून बमोजिमको हकवालालाई प्रमाणका आधारमा दाबी भुक्तानी दिनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम दाबी भुक्तानी गर्दा सुरक्षित सदस्य संस्थाले काम प्रारम्भ गरेको मितिबाट तीन महिना भित्र शोधभर्ना प्रक्रिया सम्पन्न गर्नु पर्नेछ ।
तर कोषले असाधारण अवस्थामा शोधभर्ना अवधिलाई बढीमा दुई पटकसम्म प्रत्येक पटक तीन महिना ननाघ्ने गरी बढाउन सक्नेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “असाधारण अवस्था” भन्नाले सम्बन्धित सुरक्षित सदस्य संस्थाको काबुभन्दा बाहिरको परिस्थितिले शोधभर्ना प्रक्रिया अवरुद्ध भएको अवस्था सम्झनु पर्छ ।
(७) निक्षेपकर्ताको सुरक्षित रकमको मूल्याङ्कन गर्ने प्रक्रिया देहाय बमोजिम हुनेछ :-
(क) सुरक्षित सदस्य संस्थामा रहेको सुरक्षित निक्षेपकर्ताको सुरक्षित निक्षेप निर्धारण गर्दा मूल्याङ्कन मितिमा समष्टिकृत (एग्रिगेट) रुपमा गरिनेछ ।
स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि “समष्टिकृत (एग्रिगेट)” भन्नाले सुरक्षित सदस्य संस्थामा रहेको सबै सुरक्षित रकमको समष्टिकृत हिसाब सम्झनु पर्छ ।
(ख) सुरक्षित सदस्य संस्थामा रहेको संयुक्त खाताको निक्षेपकर्ताको निक्षेप रकममा प्रत्येकको हिस्सा निक्षेपकर्ताको खाता खोल्ने बेला भएको रकमलाई आधार मानी गणना गरिनेछ । यसरी गणना गर्दा मापदण्ड तथा शर्तहरुमा वा दिने वा लिने करारनामामा अन्यथा उल्लेख भएमा बाहेक प्रत्येक निक्षेपकर्ताको संयुक्त खातामा बराबरीको हिस्सा भएको मानिने छ।
(ग) सुरक्षित सदस्य संस्थामा रहेको सुरक्षित निक्षेपकर्ताको सुरक्षित निक्षेप रकम तेस्रो पक्ष लाभग्राही भनी इच्छाइएको अवस्थामा प्रचलित कानून बमोजिम त्यस्तो सुरक्षित निक्षेप रकम तेस्रो पक्षलाई भुक्तानी गरिनेछ ।
(घ) दुई वा दुईभन्दा बढी लाभग्राही उल्लेख गरिएको अवस्थामा तोकिए बमोजिम लाभग्राही निर्धारण गरिनेछ ।
(८) कोषले नेपाल राष्ट्र बैङ्कबाट उपदफा (१) बमोजिमको सूचना पाएको मितिबाट दाबी भुक्तानी दिने प्रयोजनको लागि दिनको गणना शुरु हुनेछ ।
(९) कोषले उपदफा (३) बमोजिम छनौट भएको एजेन्ट मार्फत निक्षेप सुरक्षणको दाबी रकमलाई देहाय बमोजिम भुक्तानी गर्नेछ :-
(क) सुरक्षित निक्षेपकर्ताको सुरक्षित निक्षेप रकमको अधिकार कायम हुने गरी सो रकम बराबर अर्को सुरक्षित सदस्य संस्थामा रकमान्तर हुने गरी,
(ख) निक्षेपकर्तालाई वित्तीय लिक्विडेटर मार्फत सिधै नेपाली मुद्रामा भुक्तानी हुने गरी,
(ग) चेक जारी गरी भुक्तानी हुने गरी,
(घ) एजेन्ट बैङ्क तोकी सो मार्फत भुक्तानी हुने गरी,
(ङ) समितिले निर्धारण गरेका अन्य प्रक्रियाद्वारा भुक्तानी हुने गरी ।
(१०) भुक्तानी माग गर्दा झुटो वा जालसाजीपूर्ण विवरण पेश गरेको प्रमाणित भएमा कोषले शोधभर्ना प्रक्रियालाई अस्वीकृत गर्न वा भुक्तानी भैसकेको रकम फिर्ता गराउन सक्नेछ ।
(११) दाबी भुक्तानी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।