दफा २४
दायित्वको सीमाको सुविधा नपाउने
: बहुविधिक ढुवानी करार बमोजिम ढुवानी गर्नु पर्ने मालसामान बहुविधिक ढुवानी सञ्चालनकर्ता, निजको कर्मचारी वा निजको प्रतिनिधिले जानी जानी वा बदनीयतपूर्ण हेलचेक्र्याइँ गरेको कारणले हराएको, हानि नोक्सानी वा क्षति भएको वा हस्तान्तरण गर्न ढिलाई हुन गएको कुरा प्रमाणित भएमा यस ऐन बमोजिम बहुविधिक ढुवानी सञ्चालनकर्ताले पाउने दायित्वको सीमा सम्बन्धी कुनै पनि सुविधा पाउने छैन ।