दफा ११
दुःख दिने नियतले खानतलासी, कब्जा वा गिरफ्तार गर्नेलाई सजाय
यस ऐनको विरुद्ध काम भए गरेको भन्ने मनासिब शङ्का नभई अर्कालाई दुःख दिने, हैरानी गर्ने, बेइज्जती गर्ने वा क्षति पुर्याउने नियतले कुनै स्थानमा प्रवेश गर्न वा खानतलासी गर्ने गराउने, कसैलाई गिरफ्तार गर्ने गराउने, कब्जा वा जफत गर्न नहुने सामान कब्जा वा जफत गर्ने गराउने वा कसैलाई अनावश्यक क्षति वा चोट पुर्याउने वा पुर्याउन लगाउने व्यक्तिलाई छ महिनासम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।