नियम १६
दुर्गम क्षेत्रमा सेवा गरे वापतको अङ्‌कभार
(१) स्नातकोत्तर तहको लागि लिएको एकीकृत प्रवेश परीक्षामा सरकारी चिकित्सकले प्राप्त गरेको अङ्कमा देहाय बमोजिम अनुभव र दुर्गम क्षेत्रमा काम गरे बापतको अधिकतम दश अङ्क जोडी कुल प्राप्ताङ्क कायम गरी योग्यताक्रमको सूची कायम गरिनेछः-

(क) अनुभव बापत प्रति वर्ष दुई अड्कका दरले बढीमा चार अङ्क,

(ख) दुर्गम क्षेत्रमा काम गरे वापत छ अङ्कमा नबढ्ने गरी अनुसूची -५ मा

उल्लेख भए बमोजिमको अङ्क।

स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “सरकारी चिकित्सक” भन्नाले प्रचलित कानून बमोजिम गठन भएको नेपाल स्वास्थ्य सेवाको स्थायी पदमा कार्यरत चिकित्सक, सैनिक प्राविधिक सेवाको सैनिक स्वास्थ्य समूह, प्रहरी सेवाको प्राविधिक प्रहरी समूह अन्तर्गतको स्वास्थ्य उपसमूह वा सशस्र प्रहरी सेवाको प्राविधिक समूह अन्तर्गतको स्वास्थ्य उपसमूहको स्थायी पदमा कार्यरत चिकित्सक, “सरकारी विश्वविद्यालय वा प्रचलित कानून बमोजिम स्थापित प्रतिष्ठानको स्थायी पदमा स्थायी रुपमा कार्यरत चिकित्सक, विकास समिति ऐन, २०१३ बमोजिम गठित संस्थाको स्थायी पदमा लोकसेवा आयोगले निर्धारण गरेको प्रक्रिया पुरा गरी नियुक्ति पाई स्थायी रुपले कार्यरत चिकित्सक, नेपाल स्वास्थ्य सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भई वा प्रदेश लोकसेवा आयोगबाट स्थायी।



पर दोस्रो संशोधनद्वारा थप। नियुक्ति पाई प्रदेश सरकार वा स्थानीय तहको स्थायी पदमा कार्यरत चिकित्सक सम्झनु पर्छ।

(२) उपनियम (१) बमोजिमको अङ्क गणना गर्दा एक वर्षभन्दा बढी अवधि सेवा गरेको भएमा चानचुन अवधिको दामासाहीले हुन आउने अङ्क समेत गणना गरिनेछ।