दफा ७
दैनिक तथा भ्रमण भत्ता
(१) मन्त्रीहरूलाई सरकारी कामको सिलसिलामा नेपालभित्र भ्रमण गर्दा देहाय बमोजिम दैनिक तथा भ्रमण भत्ता दिइनेछः–
(क) दैनिक भत्ताः
(१) प्रधानमन्त्री– रू. २१०।–
(२) उपप्रधानमन्त्री– रू. १९५।–
(३) मन्त्री– रू. १९०।–
(४) राज्यमन्त्री– रू. १८०।–
(५) सहायकमन्त्री– रू. १४५।– (
ख) भ्रमण भत्ताः
(१) पैदल भ्रमण गर्दा,–
(क) प्रधानमन्त्रीलाई प्रतिकोस पच्चीस रूपैयाँ ।
(ख) उप प्रधानमन्त्रीलाई प्रतिकोस बीस रूपैयाँ ।
(ग) मन्त्रीलाई प्रतिकोस पन्ध्र रूपैयाँ ।
(घ) राज्यमन्त्री र सहायक मन्त्रीलाई प्रतिकोस दश रूपैयाँ ।
(२) मोटरबाट भ्रमण गर्दा बिल भर्पाई बमोजिमको एउटा सवारी साधनको लागि लागेको इन्धन खर्च ।
(३) रेलबाट भ्रमण गर्दा प्रधानमन्त्रीलाई दुईजनालाई लाग्ने एयर कण्डिशन भएको ठाउँमा एयर कण्डिशनको र सो नभएको ठाउँमा पहिलो दर्जाको टिकट खर्च र वर्थ रिजर्भ गरेमा सो रिजर्भ गरेको खर्च समेत र अन्य मन्त्रीलाई एकजनालाई लाग्ने एयर कण्डिशन भएको ठाउँमा एयर कण्डिशनको र सो नभएको ठाउँमा पहिलो दर्जाको टिकट खर्च र वर्थ रिजर्भ गरेमा सो रिजर्भ गरेको खर्च समेत ।
(४) हवाईजहाजबाट भ्रमण गर्दा प्रधानमन्त्रीलाई दुईजनालाई लाग्ने टिकट खर्च र अन्य मन्त्रीलाई एकजनालाई लाग्ने टिकट खर्च ।
(५) अन्य सवारी साधनबाट भ्रमण गर्दा लाग्ने टिकट खर्च र ज्याला ।
(६) मन्त्रीले अति आवश्यक सम्झेमा निजी सचिवालयका कर्मचारीलाई भ्रमणमा साथै लान सक्नेछन् । यसरी भ्रमणमा जाने कर्मचारीलाई नेपाल सरकारको नियमानुसार दैनिक तथा भ्रमण भत्ता दिइनेछ । मन्त्रीको साथमा भ्रमणमा जाने कर्मचारीको संख्या नेपाल सरकारले तोक्न सक्नेछ ।
(२) मन्त्रीहरूलाई सरकारी काममा वा नेपाल सरकारको तर्फबाट विभिन्न समारोह, उत्सव, सम्मेलन आदिमा भाग लिन नेपालबाहिर भ्रमण गर्दा देहाय बमोजिम दैनिक तथा भ्रमण भत्ता दिइनेछः–
(क) दैनिक भत्ताः
(१) जापान, दक्षिण कोरिया, फिलिपिन्स बाहेक अन्य सबै एशियाली मुलुकहरूमा भ्रमण गर्दा प्रधानमन्त्रीले प्रतिदिन एकसय पच्चीस अमेरिकी डलर र अरू मन्त्रीहरूले प्रतिदिन एकसय अमेरिकी डलर भत्ता पाउनेछन् ।
तर भारतको हकमा परिवत्र्य विदेशी मुद्रा बराबर भारतीय मुद्रा उपलब्ध गराइनेछ ।
(२) जापान, दक्षिण कोरिया, फिलिपिन्स लगायत अरू सबै मुलुकहरूमा भ्रमण गर्दा प्रतिदिन प्रधानमन्त्रीले एकसय पचास अमेरिकी डलर र अरू मन्त्रीहरूले प्रतिदिन एकसय पच्चीस अमेरिकी डलर भत्ता पाउनेछन् ।
(ख) भ्रमण भत्ताः
(१) मोटरबाट भ्रमण गर्दा बिल बमोजिमको मोटर भाडा ।
(२) रेलबाट भ्रमण गर्दा प्रधानमन्त्रीलाई दुईजनालाई लाग्ने एयर कण्डिशन भएको ठाउँमा एयर कण्डिशनको र सो नभएको ठाउँमा पहिलो दर्जाको टिकट खर्च र अन्य मन्त्रीलाई एकजनालाई लाग्ने एयर कण्डिशनको र सो नभएको ठाउँमा पहिलो दर्जाको टिकट खर्च ।
(३) हवाईजहाजबाट भ्रमण गर्दा नियमित सेवा (सेड्युल्ड फ्लाईट) मा प्रधानमन्त्रीलाई दुईजनालाई लाग्ने पहिलो दर्जाको टिकट खर्च र उपप्रधानमन्त्रीलाई एकजनालाई लाग्ने पहिलो दर्जाको टिकट खर्च र अन्य मन्त्रीलाई एकजनालाई लाग्ने बिजिनेस क्लासको टिकट खर्च ।
(४) जलमार्गबाट भ्रमण गर्दा एकजनालाई लाग्ने बिल बमोजिमको खर्च।
(५) मन्त्रीहरूले नेपालबाहिर औपचारिक रूपमा विदेशी राष्ट्रहरूको अतिथिको रूपमा भ्रमणमा जाँदा त्यस्ता राष्ट्रमा रहुञ्जेलसम्म उपदफा (२) को खण्ड (क) बमोजिम पाउने दैनिक भत्ताको आधाका दरले मात्र दैनिक भत्ता पाउनेछन् ।