दफा
दैनिक तथा भ्रमण भत्ता
  (१) संवैधानिक निकायका पदाधिकारीलाई आफ्नो ओहदा सम्बन्धी कामको सिलसिलामा नेपाल ………… भित्र भ्रमण गर्दा देहाय बमोजिम दैनिक तथा भ्रमण भत्ता दिइनेछः –
(क) दैनिक भत्ताः  प्रमुख पदाधिकारीलाई प्रतिदिन एकसय पैंसठ्ठी रुपैयाँ र पदाधिकारीलाई प्रतिदिन एकसय चालीस रुपैयाँ ।
(ख) भ्रमण भत्ताः  (१) पैदल भ्रमण गर्दा प्रमुख पदाधिकारीलाई प्रति कोस पच्चीस रुपैयाँ र पदाधिकारीलाई प्रति कोस पन्ध्र रुपैयाँ  ।
(२) बसबाट भ्रमण गर्दा एकजनालाई लाग्ने भाडा ।
(३) रेलबाट भ्रमण गर्दा प्रमुख पदाधिकारीलाई एकजनालाई लाग्ने एयर कण्डिशन भएको ठाउँमा एयर कण्डिशनको र सो नभएको ठाउँमा पहिलो दर्जाको टिकट खर्च र पदाधिकारीलाई पहिलो दर्जाको टिकट खर्च ।
(४) हवाई जहाजबाट भ्रमण गर्दा एकजनालाई लाग्ने टिकट खर्च ।
(५) अन्य सवारीबाट भ्रमण गर्दा एकजनालाई लाग्ने भाडा ।
(२) संवैधानिक निकायका पदाधिकारीलाई सरकारी काममा वा नेपाल सरकारको तर्फबाट कुनै समारोह, उत्सव, सम्मेलन, आदिमा भाग लिन नेपाल ………. बाहिर भ्रमण गर्दा देहाय बमोजिम दैनिक तथा भ्रमण भत्ता दिइनेछः –
(क) दैनिक भत्ताः  (१) जापान, दक्षिण कोरिया र फिलिपिन्स बाहेक अन्य सबै एशियाली मुलुकहरूमा एकसय अमेरिकी डलर ।
  तर भारतको हकमा त्यस्तो परिवत्र्य विदेशी मुद्रा बराबर भारतीय मुद्रामा दैनिक भत्ता दिइनेछ ।
  (२) जापान, दक्षिण कोरिया र फिलिपिन्स लगायत बाँकी सबै मुलुकहरूमा एकसय पच्चीस अमेरिकी डलर ।
(ख) भ्रमण भत्ताः  (१) मोटरबाट भ्रमण गर्दा एकजनालाई लाग्ने बिल बमोजिमको मोटर भाडा ।
(२) रेलबाट भ्रमण गर्दा प्रमुख पदाधिकारीलाई एकजनालाई लाग्ने एयर कण्डिशन भएको ठाउँमा एयर कण्डिशनको र सो नभएको ठाउँमा पहिलो दर्जाको टिकट खर्च र पदाधिकारीलाई पहिलो दर्जाको टिकट खर्च ।
 (३) हवाईजहाजबाट भ्रमण गर्दा प्रमुख पदाधिकारीलाई एकजनालाई लाग्ने बिजिनेस दर्जाको टिकट खर्च र पदाधिकारीलाई एकजनालाई लाग्ने इकोनोमी दर्जाको टिकट  खर्च ।
(४) जलमार्गबाट भ्रमण गर्दा एकजनालाई लाग्ने बिल बमोजिमको खर्च ।
(५) संवैधानिक निकायका पदाधिकारीले नेपाल  बाहिर विदेशी राष्ट्रको अतिथिको रूपमा औपचारिक भ्रमणमा जाँदा त्यस्तो राष्ट्रमा रहुन्जेल सम्म उपदफा (२) को खण्ड (क) बमोजिम पाउने दैनिक भत्ताको आधाको दरले मात्र दैनिक भत्ता   पाउनेछ ।