दफा ६२
धरौटी राख्नु पर्ने
(१) स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनको लागि देहाय बमोजिमको रकम धरौटी राख्नु पर्नेछः-
(क) वडा सदस्यको लागि पाँच सय रुपैयाँ,
(ख) वडा अध्यक्षको लागि एक हजार रुपैयाँ,
(ग) अध्यक्ष, उपाध्यक्ष, प्रमुख तथा उपप्रमुखकोलागि एक हजार पाँच सय रुपैयाँ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा पचास प्रतिशत छुट हुनेछ ।
स्पष्टीकरण: यस उपदफाको प्रयोजनका लागि “आर्थिक रुपले विपन्न व्यक्ति” भन्नाले वार्षिक पारिवारिक आय पचास हजार रुपैयाँ भन्दा कम भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको व्यक्ति सम्झनु पर्छ ।