नियम २०
धरौटी सम्बन्धी व्यवस्था
(१) नियम १७ बमोजिम संस्था सञ्चालन गर्न स्वीकृति लिन चाहने व्यक्तिले देहाय बमोजिमको रकम परिषद् समक्ष धरौटी राख्नु पर्नेछः–
(क) जुनियर टेक्निसियन वा पोलिटेक्निक सम्बन्धी तालीम सञ्चालन गर्नको लागि क्रमशः पाँच लाख र दश लाख रुपैयाँ,
(ख) खण्ड (क) मा लेखिए देखि बाहेक अन्य प्राविधिक तथा व्यावसायिक सम्बन्धी तालीम सञ्चालन गर्नको लागि पच्चीस हजार रुपैयाँ ।
(२) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि एउटै संस्थाले एक भन्दा बढी तालीम सञ्चालन गर्न चाहेमा प्रति थप तालीम बापत सो खण्डमा उल्लिखित रकमको आधा रकम धरौटी राख्नु पर्नेछ ।
(३) यो नियम प्रारम्भ हुनु भन्दा अघि तालीम सञ्चालन गर्न स्वीकृति पाइसकेका संस्थाले यो नियम प्रारम्भ भएको मितिले एक वर्षभित्र उपनियम (१) बमोजिम नपुग हुने धरौटी रकम परिषद्मा जम्मा गर्नु पर्नेछ ।
(४) उपनियम (३। बमोजिमको अबधिभित्र धरौटी रकम जम्मा नगर्ने संस्थाले उपनियम (१) बमोजिम नपुग हुने धरौटी रकम र सो रकम वरावरको बिलम्ब दस्तुर एक पटकका लागि परिषद्ले तोकेको अवधिभित्र परिषद्मा जम्मा गर्नु पर्नेछ ।