नियम ६०
धार्मिक वन फिर्ता लिन सक्ने
(१) धार्मिक निकाय, समूह वा समुदायले ऐन र यस नियमावली तथा
कार्ययोजना वितरित कार्य गरेमा जिल्ला वन अधिकृतले धार्मिक वन फिर्ता लिन सक्नेछ ।
(२) जिल्ला वन अधिकृतले उपनियम (१) बमोजिमको धार्मिक वन फिर्ता लिने निर्णय गर्नु
अघि सम्बन्धित धार्मिक निकाय, समूह वा समुदायलाई बढीमा पैतिस दिनको म्याद दिई आफ्नो सफाई
पेश गर्ने मौका दिनु पर्नेछ ।
(३) जिल्ला वन अधिकृतले उपनियम (१) बमोजिमको धार्मिक वन फिर्ता लिने गरी गरेको
निर्णय उपर चित्त नबुझ्ने पक्षले त्यस्तो निर्णयको सूचना पाएको मितिले पैतिस दिनभित्र निर्देशक
समक्ष उजुर दिन सक्नेछ र निर्देशकको निर्णय अन्तिम हुनेछ ।
(४) यस नियम बमोजिम जिल्ला वन अधिकृतले धार्मिक वन फिर्ता लिने गरी निर्णय गरेमा
सो धार्मिक वनलाई पुन धार्मिक वनकै रुपमा जिल्ला वन अधिकृतले व्यवस्थापन गर्नु पर्नेछ ।