नियम ९७
नक्कलको निमित्त निवेदन दिने
(१) अदालतमा रहेको कुनै मिसिल संलग्न कुनै लिखतको नक्कल लिन चाहने व्यक्तिले सो लिखतको विवरण र मिति प्रस्‍ट उल्लेख गरी अनुसूची–३ बमोजिमको दस्तुर सहित अनुसूची–१५ बमोजिमको ढाँचामा सम्बन्धित अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।
(२) कुनै व्यक्तिले छुट्टाछुट्टै मिसिल संलग्न रहेको लिखतको नक्कल लिनु परेमा छुट्टाछुट्टै निवेदन दिनु पर्नेछ ।