दफा १९
नमूना सङ्कलन गर्न दिनु पर्ने
(१) सम्बन्धित निकायले कुनै उच्चयोग, कलकारखाना, यन्त्र, सवारी साधन जस्ता यान्त्रिक उपकरणबाट उत्सर्जन हुने वा हुन सक्ने प्रदूषण वा फोहरमैलाको अध्ययन, जाँच, परीक्षण वा विश्लेषण गर्न चाहेमा सम्बन्धित धनी वा सम्बद्ध व्यक्तिले त्यस्तो उद्योग, कलकारखाना, यन्त्र, सवारी साधन जस्ता यान्त्रिक उपकरणबाट उत्सर्जन भएको प्रदूषण वा फोहरमैलाको नमूना सङ्कलन गर्न दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम नमूना सङ्कलन, सोको अध्ययन, जाँच, परीक्षण वा विश्लेषण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।