नियम ४
नाम दर्ता गरी परिचयपत्र दिनु पर्ने
(१) नियम ३ बमोजिम पर्न आएको निवेदन उपर नियोग प्रमुख, सचिव वा निजले तोकेको अधिकारीले छानबिन गर्दा निवेदन तथा सोसाथ संलग्न कागजातबाट निवेदकको नाम दर्ता गर्न मनासिब देखिएमा निवेदन परेको सात दिनभित्र गैर आवासीय नेपालीको रूपमा नाम दर्ता गरी अनुसूची–३ बमोजिमको ढाँचामा सोको अभिलेख खडा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम नाम दर्ता गरी अभिलेख खडा गरिसके पछि त्यस्तो गैर आवासीय नेपालीलाई अनुसूची–४ बमोजिमको दस्तुर लिई अनुसूची–५ बमोजिमको ढाँचामा परिचयपत्र दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम छानबिन गर्दा निवेदकको नाम गैर आवासीय नेपालीको रूपमा दर्ता गर्न मिल्ने नदेखिएमा सोको कारण खुलाई निवेदकको नाम दर्ता गर्न इन्कार गर्न सकिनेछ ।
(४) उपनियम (३) बमोजिम नाम दर्ता गर्न इन्कार गरिएकोमा सोको कारण सहितको जानकारी निवेदकलाई दिनु पर्नेछ ।