दफा १९
निक्षेप रकमको सुरक्षण
: (१) कोषले प्रत्येक सुरक्षित सदस्य संस्थामा खोलिएको प्रत्येक प्राकृतिक व्यक्तिको निक्षेप खातामा रहेको दुई लाख रुपैयाँ सम्मको निक्षेप सुरक्षण गर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि समितिको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निक्षेप सुरक्षणको सीमामा आवश्यक हेरफेर गर्न बाधा पुग्ने छैन ।
(३) सुरक्षित निक्षेप रकमको मूल्याङ्कन गर्दा निक्षेप खातामा रहेको साँवा र सोमा आर्जित ब्याज समेत गणना गरिनेछ ।
(४) सुरक्षित निक्षेप खाता नेपाली मुद्रा वा अन्य कुनै विदेशी मुद्रामा रहन सक्नेछ ।
(५) कुनै एक सुरक्षित सदस्य संस्थामा कुनै पनि निक्षेपकर्ताले एकभन्दा बढी निक्षेप खाता सञ्चालन गरेमा वा कुनै संयुक्त निक्षेप खाताको हिस्सा भएमा वा तेश्रो पक्ष लाभकारी निक्षेप खाता भएमा सबै खातालाई समष्टिकृत गरी एकै खाता सरह मान्यता दिइनेछ ।
(६) वित्तीय लिक्विडेशनमा गएको वा खारेजीमा परेका कारणले कुनै सुरक्षित सदस्य संस्थाको सदस्यता कायम नरहेको अवस्थामा समेत वित्तीय लिक्वीडेशन वा खारेजीको प्रक्रिया अन्त्य नभएसम्म सुरक्षण गरिएको निक्षेप सुरक्षित रहेको मानिनेछ ।
(७) स्वैच्छिक रुपमा लिक्विडेशनको घोषणा गर्ने सुरक्षित सदस्य संस्थाको हकमा सुरक्षण गरिएको निक्षेप सो लिक्विडेशनको प्रक्रियाको अन्त नभएसम्म सुरक्षित रहनेछ ।