नियम १६
निगरानी कक्षको सञ्चालन र व्यवस्थापन
(१) निगरानी कक्षको सञ्चालन र व्यवस्थापन सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट हुनेछ । (२) निगरानी कक्षमा देहाय बमोजिमको न्यूनतम सेवा सुविधा उपलब्ध गराउनु पर्नेछः-

(क) स्वच्छ पिउने पानी तथा पोषणयुक्त खाना,

(ख) बालबालिकालाई बस्नको लागि कुर्सी तथा सुत्नको लागि ओढ्ने, ओछ्याउने कपडासहितको उपयुक्त व्यवस्था,

(ग झ्याल ढोकासहित पर्याप्त हावा र प्रकाशको लागि उचित व्यवस्था,

(घ)/ शौचालय र सरसफाइको व्यवस्था,

छ भौगोलिक अवस्था तथा मौसम अनुसारको अन्य उपयुक्त व्यवस्था,

(च)। सादा पोशाकका प्रहरी कर्मचारीबाट सुरक्षा गर्ने व्यवस्था,

(छ मनोसामाजिक परामर्श दिने व्यवस्था ।

(३) जिल्ला बाल न्याय समितिले सम्बन्धित जिल्लाको

निगरानी कक्षको नियमित अनुगमन तथा निरीक्षण गर्नेछ । (४) उपनियम (२) बमोजिमको सेवा सुविधा उपलब्ध भए नभएको सम्बन्धमा अदालत, महान्यायाधिवक्ताको कार्यालय, गृह मन्त्रालय, मन्त्रालय, परिषद्‌ र केन्द्रीय बाल न्याय समितिले कार्ययोजना बनाई अनुगमन तथा आकस्मिक निरीक्षण गर्न सक्नेछ ।