दफा १४३
नियम बनाउने अधिकार
(१) यस ऐनको उद्देश्य कार्यान्वयनका लागि नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी नेपाली सेना सम्बन्धी देहायका विषयहरूमा नियमहरू बनाउन सकिनेछ ः-
(क) नियुक्ति, विदा, बढुवा, दर्जा घटाउने, अवकाश, बर्खास्त तथा सेवाका अन्य शर्त सम्बन्धी विषयमा,
(ख) उन्मुक्ति र सुविधा सम्बन्धी विषयमा,
(ग) कल्याणकारी कोष सञ्चालन सम्बन्धी विषयमा,
(घ) कसुरको अनुसन्धान, तहकिकात, अभियुक्तलाई हिरासतमा राख्ने र मुद्दा दायर सम्बन्धी विषयमा,
(ङ) सैनिक अदालतको गठन, विघटन, स्थगन, चालू गर्ने, अधिकार क्षेत्र, कार्यविधि, मुद्दा सदर गर्ने र दोहो¥याउने, ठहर वा सजाय कार्यान्वयन सम्बन्धी विषयमा,
(च) रणभूमि सजायको किसिम निर्धारण सम्बन्धी विषयमा,
(छ) कोर्ट अफ इन्क्वायरीको गठन, कार्यविधि, त्यस्तो कोर्टले शपथ गराउने तरिका र साक्षी प्रमाणको अभिलेख सम्बन्धी विषयमा,
(ज) आश्रित व्यक्तिलाई सहायताको बन्दोवस्त र त्यसको कार्यान्वन सम्बन्धी विषयमा,
(झ) वेकम्मा वा वेचल्तीको सामानहरू मिन्हा र रद्दी सम्बन्धी विषयमा,
(ञ) भगुवाको तलब, भत्ता र अरू रकमको व्यवस्था सम्बन्धी विषयमा,
(ट) सैनिक कारागारहरूको प्रशासन, रेखदेख, व्यवस्थापन र कारागार अधिकृतको सेवाका शर्त सम्बन्धी विषयमा,
(ठ) कैदीहरूको सुरक्षा, अनुशासन, विशेष परिश्रम, उनीहरूलाई काममा लगाउने, कसुर बापत सजाय र सजाय माफी सम्बन्धी विषयमा,
(ड) हातहतियार, खरखजाना तथा अन्य सैन्य सर सामग्रीको अरन, खटन पटन, हस्तेवारी दिने, मिन्हा र रद्दी सम्बन्धी विषयमा,
(ढ) इन्टेलिजेन्स काममा खर्च भएको रकम, रिभल्भिङ फण्डबाट खर्च भएको रकम तथा भैपरि आउने कामको लागि भएको खर्च रकम मिन्हा सम्बन्धी विषयमा,
(ण) मनोरञ्जन अनुदान सम्बन्धी विषयमा,
(त) भगूवा उपर कारबाही सम्बन्धी विषयमा,
(थ) सैनिक अस्पतालको व्यवस्था सम्बन्धी विषयमा,
(द) सैनिक चन्दा र पुरस्कार सम्बन्धी विषयमा,
(ध) प्राड विवाक नियुक्ति सम्बन्धी विषयमा,
(न) हवाई परिवहन तथा विमान संभार समूह सम्बन्धी विषयमा,
(प) प्यारासूट फोल्डर महिला सम्बन्धी विषयमा
(फ) रक्षा आर्थिक कार्यविधि तथा दैनिक तथा भ्रमण भत्ता सम्बन्धी विषयमा,
(ब) उपदान, निवृत्तभरण र अन्य सुविधा सम्बन्धी विषयमा,
(भ) अल्प सेवा सम्बन्धी विषयमा,
(म) सैनिक उपचारिका सम्बन्धी विषयमा,
(य) लेखा समूह सम्बन्धी विषयमा,
(र) सैनिक प्रहरी सम्बन्धी विषयमा,
(ल) सैनिक प्राविधिज्ञ सम्बन्धी विषयमा,
(व) भूतपूर्व सैनिक नियुक्ति सम्बन्धी विषयमा ।