दफा १००
नियमन शुल्क
(१) प्राधिकरणले बीमकलाई नियमनकारी सेवा उपलब्ध गराए बापत त्यस्तो नियमनकारी सेवा प्राप्त गर्ने प्रत्येक बीमकले आफूले आर्जन गरेको कूल बीमा शुल्कको शून्य दशमलब सात पाँच प्रतिशतका दरले हुन आउने रकम प्रत्येक वर्ष नियमन शुल्क बापत प्राधिकरणमा बुझाउनु पर्नेछ।

(२) बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले नियमनकारी सेवा उपलब्ध गराए बापत प्राधिकरणलाई तोकिए बमोजिमको नियमन शुल्क बुझाउनु पर्नेछ।

(३) उपदफा (१) र (२) बमोजिमको नियमन शुल्क भुक्तानी गर्ने अवधि, प्रक्रिया, विलम्ब दस्तूर तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।