दफा १५
नियमनकारी अवसरको दुरुपयोग गर्न नहुने
(१) समितिका अध्यक्ष, सदस्य, प्राधिकरणका कर्मचारी वा लेखापरीक्षकले आफ्नो पदीय हैसियतमा कार्य सम्पादन गर्दा निजको जानकारीमा आएको र सार्वजनिक भएको वा नभएको कानून बमोजिम गोप्य राख्नु पर्ने कुनै सूचना सम्बन्धित व्यक्ति बाहेक अन्य कुनै व्यक्तिलाई उपलब्ध गराउन वा सोको स्रोत खुलाउन हुँदैन ।

(२) उपदफा (१) बमोजिमका पदाधिकारीले पदीय

हैसियतमा कार्य सम्पादन गर्दा आफ्नो जानकारीमा आएको कुनै गोप्य सूचना आफ्नो वा एकाघरको परिवारको कुनै सदस्यको लाभ, हित वा फाइदाको लागि प्रयोग गर्न वा गराउन हुँदैन । (३) समितिका अध्यक्ष, सदस्य, प्राधिकरणका कर्मचारी, लेखापरीक्षक, प्रतिनिधि वा प्राधिकरणसँग कुनै करार “गरी काम गर्ने व्यक्ति, फर्म वा कम्पनीका कुनै पनि व्यक्तिले .प्राधिकरणको तर्फबाट कुनै काम गर्दा प्राधिकरणको नियमनकारी अधिकारको प्रयोग गरी आफ्नो, आफ्नो एकाघरको परिवार/वाँ अरु कसैलाई कुनै किसिमको लाभ, सुविधा, सहुलियत वा फाइदा लिन वा दिन हुँदैन।

(४) यस दफाको प्रतिकूल हुने गरी कुनै काम गरेमा सम्बन्धित पदाधिकारीले प्रचलित कानून बमोजिम अख्तियारको दुरुपयोग गरेको मानिनेछ . र सोको जानकारी सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।