दफा १९
नियमनकारी निकायको काम, कर्तव्य र अधिकार
(१) ऐनमा तोकिएको काम, कर्तव्य र अधिकारका अतिरिक्त नियमनकारी निकायको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) ऐनको दफा १० को. उपदफा (१) को खण्ड (ज) को प्रयोजनको लागि आवश्यक विवरण वित्तीय जानकारी इकाईलाई उपलब्ध गराउने,

(ख) सूचक संस्थाले- वित्तीय जानकारी इकाईमा पेस गरेका विवरण, प्रतिवेदनको सङ्ख्या, प्रकृति; - गुणस्तर लगायतका विषयमा जानकारी लिने।

(२) नियमनकारी निकायले वास्तविक धनी, सूचीकृत व्यक्ति, परिपालना परीक्षण सम्बन्धमा ऐन र यस नियमावलीमा उल्लेख भएका व्यवस्था सूचक संस्थामा जोखिम सापेक्ष रूपमा प्रभावकारी भएको सुनिश्चित गर्ने गरी नियमन तथा सुपरिवेक्षण प्रणाली विकास गरी कार्यान्वयन गर्नु पर्नेछ।