दफा १५
निरीक्षकको काम, कर्तव्य र अधिकार
– (१) निरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ –
(क) पैठारी गरिएका वा परीक्षण क्षेत्रमा रहेका, भण्डारण गरिएका वा पारवहनको क्रममा रहेका बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तु स्वीकृत मापदण्ड अनुरुप भए नभएको आवश्यकतानुसार जाँच तथा परीक्षण गर्ने,
(ख) पैठारी वा निकासी हुने बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तु शत्रुजीवबाट सङ्क्रमित भएको छ छैन भनी तोकिए बमोजिम निरीक्षण वा परीक्षण गर्ने,
(ग) परीक्षण क्षेत्र वा भण्डारणस्थल वा अन्य कुनै ठाउँमा जुनसुकै समयमा प्रवेश गरी त्यस्तो क्षेत्र वा भण्डारण स्थलको जाँच गर्ने र आवश्यक भए तोकिए बमोजिम खानतलासी लिने,
(घ) बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तु रहेको कण्टेनर र वाहन आवश्यक भए जुनसुकै स्थानमा रोकी जुनसुकै समयमा खानतलासी लिने,
(ङ) खण्ड (क) बमोजिम जाँच वा परीक्षण गर्दा वा खण्ड (ख) बमोजिम निरीक्षण गर्दा वा खण्ड (ग) र (घ) बमोजिम खानतलासी लिँदा त्यस्ता बिरुवा, बिरुवाजन्य उपज वा बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तु सङ्क्रमित भएको पाइएमा आवश्यकतानुसार उपचार गर्ने वा सम्बन्धित व्यक्तिलाई उपचार गराउन आदेश दिने,
(च) खण्ड (ङ) बमोजिम उपचार गर्दा वा गराउँदा बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तु स्वस्थ्य नभएमा त्यस्तो बिरुवा, बिरुवाजन्य उपज वा वस्तुलाई आफ्नो नियन्त्रणमा लिन वा तोकिए बमोजिम नष्ट गर्न वा सम्बन्धित देशमा फिर्ता गर्न पर्ने भएमा तुरुन्त सङ्गठनमा सूचना गरी प्राप्त आदेशानुसार गर्ने,
(छ) सङ्क्रमित बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तुको बिक्री, वितरण वा प्रयोग गर्न रोक लगाउने,
(ज) तोकिए बमोजिमको अन्य काम गर्ने ।
(२) उपदफा (१) बमोजिमको निरीक्षण, परीक्षण तथा उपचार सम्बन्धी अन्य प्रक्रिया तोकिए बमोजिम हुनेछ ।