दफा ३१
निरीक्षण तथा अनुगमन गर्न सक्ने
(१) परिषद्ले नोटरी पब्लिकले गरेको काम कारबाहीको निरीक्षण वा अनुगमन गर्न वा त्यस्तो काम कारबाहीका सम्बन्धमा नोटरी पब्लिकबाट कागजात, जानकारी वा स्पष्टीकरण माग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परिषद्ले माग गरेको कागजात, जानकारी वा स्पष्टीकरण सम्बन्धित नोटरी पब्लिकले समयमै परिषद्लाई दिनु पर्नेछ ।