नियम १५४
निरीक्षण
अदालतले आफ्नो मातहतको अदालत र आफुले पुनरावेदन सुन्ने निकाय वा अधिकारीको कार्यालयको निरीक्षण गर्दा न्याय प्रशासन ऐन, २०७३ को दफा २० मा उल्लेख भएको कुराहरूका अतिरिक्त देहायका कुराहरू पनि जाँच गर्नु पर्नेछ:-
(क)   मुलतबी कानून बमोजिम राखिएको हो वा होइन  मुलतबी जगाउने काम यथासमयमा भएको छ वा छैन ?
(ख)  कानून बमोजिम कोर्ट फी, धरौटी जमानत लिएको वा समयमा राजस्व दाखिला भएको छ छैन ? धरौटी सदर स्याहा भएको छ छैन ? र जिन्सी सेस्ता दुरुस्त छ छैन ?
(ग)   अदालतको भौतिक सम्पतिको संरक्षण र मर्मत सम्भारको अवस्था कस्तो छ ?
(घ)   सूचना प्रविधिको प्रयोग गरी पत्राचार गर्ने, कजलिष्ट निकाल्ने, मुद्दाको कारबाही जनाउने, फैसला अपलोड गर्ने कार्य भएको छ वा छैन ?
(ङ)   न्यायाधीशले गरेको फैसलाको स्तर कस्तो छ ? फैसला समयमा तयार भएको छ  छैन ?
(च) धरौटीमा राखिएको पुनरावेदनपत्रको नियमित अनुगमन र पत्राचार भएको छ छैन ?
(छ) निरीक्षण गर्न आवश्यक देखेका अन्य कुरा ।