दफा २१
निर्णय र निर्देशनहरू दिने नेपाल सरकारको अधिकार
: (१) संस्थानको कार्य सन्चालनमा साधारण सभा र सञ्चालक समितिको बीच मत विभिन्नता हुन गएमा यस्तो कुरा निर्णयार्थ नेपाल सरकारको समक्ष पेश गरिनेछ र नेपाल सरकारले दिएको निर्णय अन्तिम हुनेछ ।
(२) नेपाल सरकारले राष्ट्रिय हितको निमित्त उचित ठहराएमा संस्थानलाई देहायका कुराहरूको निर्देशनहरू दिन सक्नेछ र त्यस्ता निर्देशन पालन गर्नु संस्थानको कर्तव्य हुनेछः–
(क) कुनै खास क्षेत्रमा निर्धारित सेवाको सञ्चालन गर्न वा अरू काम कारवाई गर्न, वा
(ख) संस्थानले गरिराखेको कुनै काम कुनै खास क्षेत्रमा वा सम्पूर्ण रूपमा बन्द गर्न वा त्यसमा कुनै अदल बदल गर्न, वा
(ग) संस्थानले गर्न आटेको कुनै काम कुरा नगर्न ।