नियम १९
निर्णयको कार्यान्वयन
(१) न्यायाधिकरणबाट निर्णय भई ऐनको दफा २१ बमोजिम सो निर्णय कार्यान्वयनको लागि ऋण असुली अधिकृतको नाममा आदेश जारी भएपछि सो आदेश बमोजिमको अवधिभित्र निर्णयको कार्यान्वयन गर्नु पर्नेछ ।
(२) ऋण असुली अधिकृतले उपनियम (१) बमोजिम निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा आवश्यकता परेमा स्थानीय प्रशासन र प्रहरीको सहयोग माग्न सक्नेछ । यसरी ऋण असुली अधिकृतबाट सहयोग माग भई आएमा स्थानीय प्रशासन र प्रहरीले निजलाई सहयोग पु¥याउनु पर्नेछ ।