नियम १४
निर्णयको जानकारी
(१) नियम १३ बमोजिम सूचना सच्याइएकोमा सार्वजनिक निकायले त्यसको अभिलेख राखी सूचना सच्याइएको जानकारी सम्बन्धित निवेदकलाई दिनु पर्नेछ।

(२) नियम १२ को उपनियम (३) बमोजिम छानबिन गर्दा वा गराउँदा त्यस्तो स्‌चना सच्याउनु पर्ने नदेखिएमा त्यसको कारण सहितको जानकारी निवेदकलाई दिनु पर्नेछ ।