दफा ७
निर्देशक समितिको काम, कर्तव्य र अधिकार
निर्देशक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) रेडियोधर्मी पदार्थको प्रयोग एवं पारमाणविक पदार्थको अध्ययन, अनुसन्धान कार्यको समग्र मूल्याङ्कन तथा समीक्षा गर्ने,
(ख) रेडियोधर्मी पदार्थ एवं सोको प्रयोग वा अभ्यास सम्बन्धी कानूनको कार्यान्वयनमा कुनै वाधा, अड्काउ वा द्विविधा उत्पन्न भएमा त्यसको समाधानको लागि सहजीकरण गर्ने,
(ग) रेडियोधर्मी बिकिरणबाट उत्पन्न हुन सक्ने प्रदूषण नियन्त्रण सम्बन्धी कार्यमा नियमनकारी निकायलाई निर्देशन दिने,
(घ) रेडियोधर्मी पदार्थको प्रयोग वा अभ्यास एवं पारमाणविक अनुसन्धान कार्यबाट देशको समग्र शान्ति र सुरक्षा, सर्वसाधारणको जीउधन र वातावरणमा कुनै प्रतिकूल असर पर्न सक्ने देखिएमा त्यसको नियन्त्रण वा न्यूनीकरण गर्ने सम्बन्धमा नियमनकारी निकाय र पारमाणविक अनुसन्धान केन्द्रलाई आवश्यक निर्देशन दिने,
(ङ) नेपाल पक्ष भएको कुनै सन्धि वा ऐजेन्सीसँग भएको सम्झौता बमोजिमका सुरक्षाका उपाय प्रभावकारी रुपमा अवलम्बन गर्ने सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,
(च) तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने।