दफा २९
निर्देशकको काम, कर्तव्य र अधिकार
(१) निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) अनुसन्धान केन्द्रको आवधिक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने वा गराउने,

(ख) अनुसन्धान केन्द्रको वार्षिक कार्यक्रम, योजना तथा बजेट तयार गराई स्वीकृतिका लागि पेस गर्ने,

(ग) कार्यक्रम कार्यान्वयनका लागि स्रोत व्यवस्थापन र परिचालन गर्ने,. प्रत्यायोजित एवं निर्देशित काम गर्ने वा.गराउने, र

(घ) उपकुलपतिले तोकेका अन्य काम गर्ने वा गराउने ।

(२) उपदफा (१) बमोजिम निर्देशकले कार्य गर्दा उपकुलपतिको सामान्य नियन्त्रण र निर्देशनमा रही गर्नु पर्नेछ।