नियम १२९
निर्देशनालय
(१) अदालत र मातहतका अदालतबाट भएको फैसलाको कार्यान्वयन गर्न गराउन र सो कार्यको अनुगमन समेतको कार्य गर्न फैसला कार्यान्वयन निर्देशनालय रहनेछ ।
(२) अदालतले नेपाल न्याय सेवा, न्याय समूहको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृतलार्ई निर्देशनालयको महानिर्देशकको रूपमा काम गर्ने गरी तोक्नेछ ।