दफा ६७
निर्देशिका तथा कार्यविधि बनाई लागू गर्ने
: कोषले यस ऐनको कार्यान्वयन गर्न तथा आफ्नो काम कारबाहीलाई पारदर्शी, सरल र स्पष्ट बनाउन यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियमको अधिनमा रही समय समयमा आवश्यक निर्देशिका तथा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।