दफा ९
निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
(१) आयोग र मुख्य निर्वाचन अधिकृतको निर्देशनको अधीनमा रही आफूलाई तोकिएको स्थानीय तहको निर्वाचनमा यस ऐन बमोजिम निर्वाचन गराउने सम्बन्धी सम्पूर्ण काम कारबाही स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा गर्नु गराउनु निर्वाचन अधिकृतको कर्तव्य हुनेछ ।
(२) निर्वाचन अधिकृतको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(३) निर्वाचन अधिकृतले निर्वाचनको काम गर्न खटाएको कर्मचारीलाई आवश्यकता अनुसार आफ्नो अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।
(२) निर्वाचन अधिकृतको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(३) निर्वाचन अधिकृतले निर्वाचनको काम गर्न खटाएको कर्मचारीलाई आवश्यकता अनुसार आफ्नो अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।