दफा ७
निर्वाचन अधिकृतको नियुक्ति
(१) संविधान, यस ऐन तथा प्रचलित सङ्घीय कानून बमोजिम निर्वाचनमा सम्पादन गर्नु पर्ने काम गर्न वा गराउनका लागि प्रत्येक जिल्लामा आयोगले एक जना मुख्य निर्वाचन अधिकृत र आवश्यकता अनुसार निर्वाचन अधिकृत नियुक्त गर्नेछ ।
(२) आयोगले न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा न्याय सेवाका राजपत्राङ्कित अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गर्नेछ ।
तर यसरी निर्वाचन अधिकृत नियुक्ति गर्दा न्याय सेवाका राजपत्राङ्कित अधिकृतलाई मात्र नियुक्ति गर्न नसकिएमा निजामती सेवाभित्रका अन्य सेवाका राजपत्राङ्कित अधिकृतलाई समेत नियुक्ति गर्न सकिनेछ ।