नियम २९
निर्वाचन
ऐनको दफा ४ को उपदफा (१) को खण्ड (च) को प्रयोजनको लागि देहायका 
विषय समूहका दर्तावाला स्वास्थ्य व्यवसायीको प्रत्येक समूहबाट एकजनाको दरले
चारजना सदस्य पदको लागि निर्वाचन हुनेछ ः-
(क) जनस्वास्थ्य समूह,
(ख) चिकित्सा समूह,
(ग) चिकित्सा विज्ञान प्रयोगशाला, रेडियोलोजी, भौतिक चिकित्सा तथा  पुनस्थापना समूह,
(घ) आयुर्वेद, दन्त विज्ञान, नेत्र विज्ञान तथा विविध समूह ।