नियम १९
निर्विरोध निर्वाचित भएको घोषणा
ऐनको दफा २३ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा एकजना मात्र उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवारलाई ऐनको दफा २४ बमोजिम राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरी सोको जानकारी आयोगलाई तुरुन्त दिनु पर्नेछ ।