दफा २९
निलम्बन गर्न सक्ने
(१) कुनै राष्ट्रिय खेल संघ वा महासंघले दफा २८ बमोजिमका कुनै शर्त उल्लंघन गरेमा परिषद्ले सम्बन्धित संघलाई निश्चित अवधि तोकी त्यस्तो शर्तको पालना गर्न निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको अवधिभित्र कुनै संघले परिषद्ले दिएको निर्देशन पालना नगरेमा त्यस्तो संघलाई परिषद्ले तीन महिनासम्मका लागि निलम्बन गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम दिइएको निर्देशनको पालना गरी निलम्बन फुकुवा गर्न निवेदन दिएमा परिषद्ले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी त्यस्तो संघको निलम्बन फुकुवा गर्नेछ ।
(४) कुनै संघको उपदफा (२) बमोजिमको अवधिसम्म निलम्वन फुकुवा नभएमा परिषद्ले त्यस्तो संघमा कायम रहेको कार्य समिति भंग गरी तीन महिनाभित्र अर्को कार्यसमिति निर्वाचन वा गठन गर्नु पर्ने शर्त तोकी त्यस्तो संघको तदर्थ कार्यसमिति गठन गर्न सक्नेछ।
(५) उपदफा (४) बमोजिम तीन महिनाभित्र तदर्थ समितिले अर्को कार्यसमिति निर्वाचन वा गठन नगरेमा परिषद्मा दर्ता भएको संघलाई कारबाही गरी परिषद्ले दर्ता खारेज गर्न सक्नेछ ।
(६) उपदफा (४) र (५) बमोजिमको जानकारी परिषद्ले मन्त्रालय, नेपाल ओलम्पिक कमिटी र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय खेल संघ वा महासंघलाई दिनु पर्नेछ।
(७) कुनै राष्ट्रिय खेल संघ वा महासंघलाई निलम्बन वा खारेज गर्ने निर्णय गर्नु अघि परिषद्ले त्यस्तो संघ वा महासंघलाई आफ्नो सफाइ पेश गर्ने मौका दिनु पर्नेछ ।