नियम १८
निवेदकलाई जानकारी दिनु पर्ने
(१) नियम १७ बमोजिम निवेदन प्राप्त भएकोमा ऐनको
दफा १० बमोजिमको कार्यविधि पूरा गर्दा निवेदन माग बमोजिम परियोजना लगानी
स्वीकृति भएको वा अस्वीकृत भएको जानकारी बोर्डले अनूसूची–२ को ढाँचामा
निवेदकलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दिनु पर्ने जानकारी निवेदकलाई पत्र बुझाई वा
विद्युतीय सञ्चार माध्यम मार्फत दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम जानकारी गराउँदा निवेदन माग बमोजिम परियोजना
लगानी स्वीकृति भएकोमा त्यस्तो जानकारी गराएको सात दिनभित्र नियम १६ को
उपनियम (१) बमोजिम परियोजना लगानी सम्झौता गर्नु पर्नेछ ।