दफा ८३
निष्कासन पछिको रेखाङ्कन
(१) रेखाङ्कित नगरिएको चेकलार्ई धारकले साधारण वा विशेष रेखाङ्कित चेक बनाउन सक्नेछ । (२) साधारण रेखाङ्कित चेकलार्ई धारकले विशेष रेखाङ्कित चेक बनाउन सक्नेछ । (३) साधारण वा विशेष रेखाङ्कित चेकमा धारकले “विनिमेय गर्न नसकिने” (नट् नेगोसिएबल) भन्ने शब्दहरू थप्न सक्नेछ । (४) कुनै बैङ्करको नाममा रेखाङ्कित गरिएको विशेष रेखाङ्कित चेकलार्ई सो बैङ्करले सङ्कलनको लागि पठाउँदा अर्को बैङ्कर वा आफ्नो अभिकर्ताको नाममा पुन विशेष रेखाङ्कन गर्न सक्नेछ । (५) रेखाङ्कित गरिएको चेकको ड्रअरले सो चेकको रेखाङ्कन रद्द गर्न सक्नेछ ।