दफा ३२
निहित व्यक्तिगत स्वार्थको उपयोगमा बन्देज
(१) गभर्नर, डेपुटी गभर्नर वा सञ्चालकको पदमा नियुक्त भईसकेपछि प्रत्येक छ महिनामा गभर्नर, डेपुटी गभर्नर र सञ्चालकले आफनो वा आफनो परिवारका सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै व्यापारिक स्वार्थ छ भने सो विषयमा समितिलाई तोकिए बमोजिम जानकारी दिनु पर्नेछ । (२) गभर्नर, डेपुटी गभर्नर वा सञ्चालकको निजी स्वार्थ भएको कुनै प्रस्ताव उपर समितिमा छलफल हुने रहेछ भने सो छलफल शुरु हुनुभन्दा अगावै निजले सो बारेमा समितिलाई जानकारी दिनु पर्नेछ । सो छलफलमा त्यस्तो सञ्चालकले भाग लिन पाउने छैन । (३) ………………. (४) गर्भनर तथा डेपुटी गर्भनरले पदमा नियुक्त भएको र पदमुक्त भएको मितिले एक महिना भित्र आफनोे एकाघर परिवारको सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्नेछ ।