दफा १२
नेता भत्ता
(१) संवैधानिक निकायका पदाधिकारीले प्रतिनिधिमण्डलको नेताको रूपमा विदेशमा जाँदा आफूले पाउने दैनिक भत्ताको पच्चीस प्रतिशत थप रकम नेता भत्ता बापत पाउनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले तोकेको अवस्थामा बाहेक एक सदस्यीय प्रतिनिधिमण्डल जाँदा नेता भत्ता दिइने छैन ।