नियम १६
नेपाल प्रताप आभूषण
(१) आतङ्ककारी गतिविधि, दङ्गा नियन्त्रण, गम्भीर प्रकृतिको अपराध नियन्त्रण र अनुसन्धान गर्ने कार्य, प्राकृतिक प्रकोप वा महामारीमा पीडितहरूको उद्धार, राहत एवं प्रकोप व्यवस्थापन वा जोखिम न्यूनीकरण गर्ने कार्यमा महत्वपूर्ण योगदान दिने वा अपहृत व्यक्तिको उद्धार गर्ने वा सीमा सुरक्षामा विशिष्ट र उल्लेख्य कार्य गर्ने प्रहरीका जवान वा अधिकृतलाई नेपाल प्रताप आभूषणको अलङ्कार प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) वमोजिमको अलङ्कारको बनौट तथा आकारप्रकार परिशिष्ट दुई अनुसूची–६ मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) उपनियम (१) वमोजिमको अलङ्कारको बनौट तथा आकारप्रकार परिशिष्ट दुई अनुसूची–६ मा उल्लेख भए बमोजिम हुनेछ ।