अनुसूची

स्वल्पाकार :-

विभूषणहरूका स्वल्पाकारहरूको विवरण सोही मानपदवीहरूका मण्डन सरह हुनेछन् ।

स्वल्पाकार पट्टिका :-विभूषणहरूको स्वल्पाकार पट्टिकाको कपडा र रङ्गको विवरण सोही विभूषणहरूको पट्टा र पट्टिका सरह हुनेछन् ।स्वल्पाकारहरू पट्टिकासहित बायाँ छातीमा लगाइनेछ । तर वीरता र सौर्य पदक दायाँ छातिमा लगाइनेछ । स्वल्पाकारको पट्टिकाको चौडाई

१.६ सेन्टिमिटर र मण्डन र पट्टिकाको संयुक्त लम्बाई ५.३ सेन्टिमिटर हुनेछ ।

अनुसूची–२

तारिका :- नेपालरत्न मानपदवी बाहेक अन्य मानपदवीहरूको तारिकाको विवरण सोही मानपदवीहरूको मण्डन सरह हुनेछ ।

अनुसूची–३

पट्टिकाः निर्धारित पोशाकमा लगाउने सबै अलङ्कारहरूको पट्टिकाहरूको नापको चौडाई ३.८ सेन्टिमिटर र सबै पदकहरूको नाप ३.२ सेन्टिमिटर हुनेछ ।