नियम १९
नेपाल प्रताप भूषण

(१) आफ्नो कार्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने वा प्राकृतिक प्रकोपका समयमा पीडितहरूलाई तत्परतासाथ सेवा पु¥याउने प्रहरीका जवान वा अधिकृतलाई नेपाल प्रताप भूषणको अलङ्कार प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको अलङ्कारको बनौट तथा आकारप्रकार परिशिष्ट दुई अनुसूची–९ मा उल्लेख भए बमोजिम हुनेछ ।